नेपालमा संक्रमण निको हुने दर ९८.८ प्रतिशत पुग्यो

काठमाडौं । नेपालमा संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घटेसँगै निको हुने दर बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप २५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६६ हजार ५२३ पुगेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार १४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र १ हजार १११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप २ जना गरि कुल १३ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, नेपालमा गत चौबीस घण्टामा देशभरबाट ४८ हजार ९४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया