सोमबार, असार ९, २०८२

१८ अर्ब ६० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ वैशाख ११ गते १७:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसाे तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने वैशाख १३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १३ अर्ब ६० करोड रुपैंयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीमा पाँच अर्ब रुपैंयाँको नयाँँ र आठ अर्ब ६० करोड रुपैंयाँको पुरानो नविकरण अन्र्तगतको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक हुने अवधि भने क्रमश: २०७९ जेठ १० गते र २०७९ साउन १० गते तोकिएको छ । यसअघि यही वैशाख पाँच गते राष्ट्र बैकले १० अर्ब २० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया