‘काम छैन, सेल रोटी बेचेर बस नानी’

नमस्कार सम्पूर्ण आम मतदाता तथा मेरा साथी, शुभचिन्तकहरू,
तपाइहरूको साथ र वैकल्पिक राजनीति प्रतिको अपेक्षा एवम् विश्वासले मलाई आफ्नै कटु समिक्षा र मूल्याङ्कन गर्न प्रेरित गरेको छ । सबैभन्दा कठिन पनि आफ्नै समिक्षा गर्ने काम रहेछ तर म सत्यमा विश्वास गर्छु र मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अप्नाउँछु त्यसैले पनि यो पत्र, यो सन्देश सबैले पढ्न जरूरी छ ।
म, मेरो टिम समाज द्वारा अपेक्षा गरिएको व्यक्तिहरू मध्येमा पर्छौँ भन्ने कुराको मनमा हेक्का छ त्यसैले निष्ठा र भरोसाको राजनीति नै अघि बढाउनुपर्छ । जे यथार्थ हो त्यसलाई स्विकार गर्ने पुरुषार्थ समेत हुनुपर्दछ र म त्यहि मात्र गर्दैछु ।
“म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु तसर्थ यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन। तर, मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आंकलन गर्नुहुन्छ होला। यो साँचो होइन! स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रीय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु।”
मैले सुरु गरेको राजनीतिमा चुनाबमा बढि मत लेराएर बिजय हासिल गरेर मात्र हुँदैन; यो राजनीतिमा त राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्येही मान्यतामा मेरो यो कदम आधारित छ। धेरै शुभचिन्तक, साथीहरुले यस स्थानिय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्विकार गरि पूर्ण ससक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।
धन्यवाद एवम् स्नेहसहित
तपाईहरुको आफ्नै रन्जु दर्शना
गएको स्थानीय निर्वाचनमा बिबेकसिल उम्मेदवार रन्जु दर्शनाले राखेको तस्वीर सहितको स्टाटसमा आएका केही टिप्पणी :
यिनको पार्टी चैँ कुन हो अहिले ?
–विष्णु गैरे
अब नानि बनाउने हुर्काउने अनि ४० कटेसि आउने राजनीतिमा तर मिलन पाण्डेको पछि लागेर हैन ।
–शिवजंग खड्का
राजनीति गर्न धेरै गार्हो छ नानी ।
–ए आर पाण्डे
विवाहको तयारी पनि होला, ठिकै छ चुनावि राजनीतिमा नअल्झ , शुभकामना ।
–विनय इलामेली
जो संग प्यासन हुन्छ ऊसको हाऊभाऊ , रहन सहन , ब्यवहार त्यही हुन्छ । त्यसैले म यो हो भनेर बोलेर र लेखेर प्रमाणीत नगर्नुस् । आफ्नो नाम सुन्न साथ कुसल राजनीतीज्ञ भन्ने ब्रान्ड बनाऊनुस् । त्यो गर्न को लागी धैरै ईनर्जी चाहिन्छ त्यता तिर लाग्नुस् र सिखरमा पुग्नुस ।
–सरोज आचार्य
अर्को चुनावमा रन्जु दर्शना आझ ससक्त भएर आउनेछिन भन्ने बिश्वास छ ।
–नवीन मैनाली
चुनाव सुनाव यस्तै हो नानी अब हनिमुन मनाउन तिर जाउ ।
–केशव भट्ट
हैन यस्ता फुटफाथे नेता भनौदाले चाँहि आफुलाइ के सोच्छ्न हौ , ठुलै रास्ट्रप्रमुख झैँ बिज्ञप्ति निकाल्छ्न त ।
–मलिन बानियाँ
अहिले कसलाई भोट दिनु हुन्छ ????? हजुरलाई भोट दिएका भोटरहरुलाइ कसलाई भोट दिन सल्लाह दिनु हुन्छ ?
–कमल पोखरेल
संघीय सांसद उठ्ने कुरो भो तेसो भए ।
–हरि नेपाली
तपाइँ कुन पार्टी को ?
–एसके. कार्की
अब घोर्ले छोरो पाउने मज्जाले सियार्ने , घर धन्दा चलाउने अरु काम खासै देखिएन ।
–चन्द्र कुवँर क्षेत्री
२०७४ सालमा रन्जु दर्शनाले काठमाडौं महानगरको मेयर उठ्ने आट र विस्वासको परिणाम यो पालिको निर्वाचनमा देखिदै छ । देशव्यापी रुपमा युवाहरुको उम्मेदवारी र राष्ट्रिय राजनितिमा हस्तक्षेप गर्ने प्रयासको प्रस्थान बिन्दु तपाइको त्यो निर्णयले सम्भव भएको हो । २०७४ सालमा एक रन्जु, यो पाली हजारौं रन्जु । यो पटक उम्मेदवारी नदिने तपाईंको निर्णयमा सहमत । सुसंस्कृत वैकल्पिक राजनितिको नवनिर्माणमा तपाइको सकृयताको आवश्यकता छ । हाम्रो पुस्ताले देश बनाउनै पर्ने हुन्छ ।
–बिहोप देव शाह
अब पहिलाको जस्तो हावा तालमा लागेर राजनिति भनेर फोकटमा हिंड्नुको अर्थ छैन । घरजम गर्ने, बुढासँग आनन्दले जीवन बिताउने हजुर । राजनिति भनेर, फेरि बुढालाई पछि पारेर छाडेर, आफु सबै कुरमा सक्षम भनेर राजनिति नदाैडने ।
–वसन्त कार्की गोर्खाली
बिचार राम्रो छ तर रन्जु जि यो समिक्षापत्र तिमिले २०७४ को चुनावी नतिजा पछि तत्काल निकाल्नु पर्थ्यो त्यो पार्टीले निकाल्यो भन्लेऊ आफुले प्रकाशन गर्नु पर्थ्यो त्यो गल्ती गरेऊ । तिमिले तमाम काठमाण्डौ वासीलाई ढाटेऊ । तिमि त्यो बेलाकी प्रतिस्पर्धी थियौ तर त्यसपछी कहिल्यै महानगरका गल्तीमा जनताको पक्षमा बोलिनौ र अहिले फेरी चुनाव आए पछि तिमि झुल्कियौ त्यसैले तिमि अरु सरह भयौ, स्वार्थी भयौ ।
–विष्णु गोपाल
समाज र समग्र देशकै रुपान्तरणको बिगुल मानेको थिएँ हजुरलाइ कुनै समय। फ्यान नै भएको थिए तर वैकल्पिक शक्तिको खुट्टा यति छिटो काप्यो अचम्म लाग्छ । अब कथित न्यायप्रेमी वनेर सामाजिक सञ्चालनमा हिरोगिरी छोड्नुस । मान्नुस नमान्नुस तपाईं जस्ता युवाले प्रोत्साहित भन्दा निरुत्साहित भएका छन।
–स्वतन्त्र नेपाल
नउठेकै राम्रो – लाज लाग्दो भोट ल्याएर बिगतको इज्जत लाई पानीमा मिलाउनु पनि राम्रो होईन फेरि उम्मेद्बारी पनि कुन पार्टीबाट दिने होर यता नि देख्दिन उता नि देख्दिनँ ।
–मोगर अली विवश
तपाईको एजेन्डा र वालेन शाहको एजेन्डा उस्तै- उस्तै छन् । हामी आम युवाहरूको अनुरोध तपाईले वालेन शाहलाई समर्थन गरेर जिताउन लाग्नुस् । यदि जित भएछ भने तपाईको त्यो एजेन्डा यहाँ सफल हुनेछ ।
–दिनेशजंग कटुवाल
आफूले आफ्नै नाम ठाउँ-ठाउँमा उल्लेख गरेर ‘काग-काग’ भनेर कराएको जस्तो लाग्यो जुन आँफैमा नजानिदो तवरले घमण्डको प्रदर्शन हो । हिजोको दिनमा विवेकशील साझा नामको पार्टीको क्रेज थियो र तपाईंले त्यति मत पाउनु भएको हो । जुन क्रेज ऐले पार्टीको नभएकोले तपाईंको पनि छैन । त्यो क्रेज ऐले बालेनले लगिसके- जित्नु वा नजित्नु बेग्लै कुरा हो ।
-रविन्द्र श्रेष्ठ
तिम्रा राजनिती पनि देखियो, चुनावमा उपविजेता भएपछि ५ वर्ष प्रतिपक्षको भूमिका तिमीले उठाउन सकेको भए तिमीबाट केहि आश गर्न सकिन्थो । तिमी पनि चुनावको नाममा भांड्न पल्केकि हौ । तिमीले गर्नुपर्ने कामको एक सिन्का पनि उठाएनौ । अब नाटक बन्द गर । तिमीले पाएको मतको अवमूल्यन गरिसक्यौं । फुर्ति नलगाउ है ।
–अनुपराज कँडेल
यो पाँच वर्ष तपाईंले आफ्नो तर्फबाट महानगरबासीलाई के दिनु भयो र कसरी अपेक्षा लिनु भएको छ कि मलाई पहिलाको झै अझ धेरै भोट आउँछ भनेर ? अब पार्टीगत होइन स्वतन्त्र उम्मेद्वारलाई हेर्ने दिन आयो, अब पालो वलेनजीको हो सबैले उहाँलाई साथ दिऔं । किनभने तपाईंको राजनीति पनि हामिले देख्यौं ।
–राज लामा पख्रीन
राजनीतिक हैसियत भए न राष्ट्रिय राजनीतिमा भूमिका पाउने होला । यसै मैले नचाहेर वा इच्छा छन् नभएर मेयरमा उठिन भन्नुको तुक अलि नहोला ।
–अभय राज देबकोटा
बहिनी कुन पार्टीमा छौ अहिले ? एमालेमा गयौ कि कता ?
-सुरेन्द्र पोखरेल
भनेको मान्ने भा बिहे गरेर घरजम गर नानी भन्न हुन्थ्यो, खुसी गर नानी मन लागेको गर बुइनी ।
–गणेश पौडेल
बिहे खेलेको साल हनिमुन खेल्ने हो, चुनाव खेल्ने कुरै हुँदैन बरु बालेनलाई भोट मागेको भए हुने ।
–एसपी अधिकारी
तपाईंकाे आज भएकाे समीक्षा र उ बेला भएका उत्कर्ष सब राजनितिक अपरिपक्कताकाे परिणाम हाे । तपाईं राजनीतिमा काँचै हुनुहुन्छ, युवा जाेसमा मेयरकाे कुर्सिमा बस्दा बस्दै कुनै समय पियनसँग वा विराेधी कसैसँग परकाे विवादमा लाै ला तैँले चलाएर देखा मेयर भनर फ्याट्ट राजिनामा थमाइ दिएर छाड्न भर हुँदैन भन्ने लाग्थ्याे । माफ गर्नुहाेला तपाईं र भाइरल तरकारीवाली उस्तै उस्तै लाग्दथ्याे । तपाईं निखारिनै बाँकि छ भन्ने लाग्दथ्याे त्याे साँचाे भयाे । यसकाे मतलब युवाहरु अगाडि नबढ्ने भन्ने हाेइन । अझ जिम्मेवार भएर आउनुस जसरी अहिले समाज, देश बुझेकाे, परिपक्क युवा बालेन आउनुभएकाे छ यसरी निखारिएर आउने युवालाई अगाडि बढाउनु आवश्यक छ ।
-अर्जुन घिमिरे
यतिका दिनसम्म कता गुमनाम ?
–मदन मगर
दिदि भान्जाभान्जी बनाउन लाग्नुस ५ वर्ष , यता बालेन दाइलाई छोडिदिनुस् ।
-श्याम महतारा क्षेत्री
कास सबै नेतामा आफ्नो कामको मुल्यांकन गर्ने बानी भए देश ५ वर्ष नै कहाँ पुग्थ्यो !!
-सागर चौलागाईं
यस्तो युवा मान्छे आउने हराउने नगर्नु त । आधी बाटो भारा भुरेहरुलाई कसले पत्याउने ?
-सुब्बा निलम
तिमि पनि एउटै ड्याङको मुला रहेछौ काम छैन ।
-शौरभ भण्डारी
तपाईंले राजनीति छोडेकै ठिक हुन्छ । निर्दोष जीवन राजनीति चाँही छोड्नु हुन्न है।
–देबेन्द्र वालेम
चुनाव जित्ने सम्भावना पनि देखिदैन चुनावमा भाग नलिएकै राम्रो समय र पैसा को खेर मात्र ..! निरज श्रेष्ठ तिमीहरु आइएनजिओका खेताला थियौ भन्ने कुरा राम्रैसँग थाह भएकै कुरा हो, निर्वाचनमा मेयर यो पटक पनि उठेको भए हामीसँग अनेक प्रमाणहरु थिए, उठेनौ ठिकै गर्यौ, चर्चामा आउन भाइरल हुनलाई राजनीति गरेको हो भन्न अप्ठेरो भएर घुमाएर किन कुरा गर्नु ? सनातन हिन्दु धर्मलाई गाली गरेर भोट आउदैन भन्ने बुझेकोमा धन्यबाद ।
-प्रकाश न्यौपाने
तिमिले हार खायौ पुन्टी, यति कमजोर हिम्मतकी मान्छे त तिमी थिएनौ ।
–पवन कार्की
चुनावको बेलामा मात्र झुल्किनी नानी के मुख ले आको फेरि ?
–प्रेम लामिछाने
यिनलाई राम्रोसँग थाहा छ १० भोट पनि आउदैन भनेर । त्यस माथी यसपटक नेवा कम्युनिटीबाट अभियान्ताहरुले स्वतन्त्र उम्मेद्वारी दिएको छ, बलेन पनि उठ्दैछ हार्ने त छदैँछ तर सय भोट पनि कटाउने अवस्था नभएपछि नाटक गर्दैछिन् ।
-नवीन श्रेष्ठ
रञ्जु दर्शनालाई संघीय सांसदको रूपमा देख्न हामी आतुर छौं ।
–प्रकाशदत्त सुवेदी
अब तिम्रो केही आश छैन र भिजन शून्य छौ हामी हाम्रो लडाइ बालेन मार्फत अघि बढाउँछौ ।
–सरोजबाबु न्यौपाने
यो नानू को काम छैन, आराम ले घर बसे हुन्छ । सुरेश पौडयाल तपाईहरुको वैकल्पिक शक्ति त मिश्रे काकासँगै मरिसकेको राजाको टाङ मुनि पुगेर उत्तानो फर्कि सको ।
–राई महेश
काम छैन सेल रोटी बेचेर बस नानी ।
–राजु रिजाल
त्यो चार्म घटेको छैन । केवल निष्ठाको राजनीतिमा आऊनोस् ।
–पौडेल जय
भाषण धेरै भयो । केही कर्मका कथा सुनौ न ।
–निशान भट्टराई
सुनिता डंगोललाई समर्थन गर्नु हुन्छ भन्ने अपेक्षा गरे ।
–टंकप्रसाद श्रेष्ठ
वडा अध्यक्षमा उठुम् न त!
-विनोद अनुज
तपाईंको पत्र राजनीतिक नभएर प्रेमपत्र जस्तो लाग्यो । राजनीतिमा त सामाजिक मुद्दाहरु जोडिनुपर्छ, हजुरको पत्रमा भावना बढी जोडिएको पाए । गल्ती भए माफ गर्दिनु होला..।
–राजन थापा

प्रतिक्रिया