मूल्य सुन्दै तर्सिने होन्डाकाे बाइक !

काठमाडौं । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतीय बजारमा धमाकेदार बाइक २०२२ गोल्ड विङ टुर (Honda Gold Wing Tour) लन्च गरेको छ ।
होन्डाले यसलाई कम्प्लिट बिल्ड युनिट (CBU) का रुपमा प्रस्तुत गरेको छ यसको अर्थ यो बाइक भारतमा नबनेर जापानबाटै कम्प्लिट युनिटका रुपमा आउनु हो । होन्डाले गुडगाउँ, मुम्बई, बेंगलुरु, इन्दौर, कोच्ची, हैदरावाद तथा चेन्नईमा यो बाइकको बुकिङ लिइरहेको छ ।
इन्जिन
नयाँ गोल्ड विङमा १८३३ सीसीको लिक्विड-कुल्ड, फोर-स्ट्रोक २४-भल्भ SOHC फ्लाट -६ सिलिंण्डर इन्जिन जडान गरिएको छ जसले ५,५०० rpm मा ९३kW (१२४bhp) तथा ४,५००rpm मा १७० Nm को पीक टर्क उत्पन्न गर्छ । यो बाइक सेभेन स्पिड डुअल क्लच ट्रान्समिसन अप्सनका साथ आउँछ ।
उल्लेखनीय कुरा के छ भने १८०० सीसीको यो पावरफुल इन्जिन थुप्रै दमदार कम्प्याक्ट एसयूभीभन्दा बढी शक्तिशाली छ । वर्ष १९७५ मा पहिलोपटक गोल्ड विङ GL१००० को निर्माण भएको थियो । करिब ५० वर्ष पुग्न लागेको यो बाइकलाइ होन्डाले समयसँगै अपडेट गर्दै आएको छ । यो बाइकको इन्जिनियरिङदेखि लिएर हेन्डलिङ, टेक्नोलोजी, कन्फर्ट तथा परफर्मेन्स एक-एक काममा होन्डाले विशेष ध्यान पुर्याउँछ । यो बाइक ४ वटा राइड मोड टुर, स्पोर्ट, इकोन तथा रेन मा उपलब्ध हुन्छ ।
एयरब्याग र एसी पनि
गोल्ड विङ टुरमा हिट म्यानेजमेन्ट तथा एयर म्यानेजमेन्टलाई टप प्रायोरिटी दिइएको छ । यसका लागि यो बाइकमा एसीसमेत दिइएको छ भने सेफ्टीका लागि एयरब्याग उपलब्ध गराइएको छ । यो बाइकमा ७ इन्चको फुल कलर टीएफटी लिक्विड क्रिस्टल डिस्प्ले जडान गरिएको छ । यसक स्क्रीनमा ब्राइटनेसका ८ वटा लेवल दिइएका छन् ।
यसले टायर प्रेसरदेखि लिएर अन्य थुप्रै जरूरी जानकारी दिन्छ । यो बाइकले एप्पल कारप्ले तथा एड्रोइड अटोलाई सपोर्ट गर्छ । डिस्प्लेमा सजिलै यसको नेभिगेशन सिस्टम हेर्न सकिन्छ । जायरो कम्पासले सुसज्जित यो नेभिगेशन मार्फत टनेल भित्र पनि बिना कुनै रोकटोक गाइडेन्स प्राप्त गर्न सकिन्छ ।
यसको अन्य फिचर्समा ड्युल क्लच ट्रान्समिशन (DCT), हिल स्टार्ट असिस्ट (HSA), थ्रोटल बाइ वायर (TBW), हाेन्डा सेलेक्टेबल टर्क कंट्रोल (HSTC), ड्युअल कम्बाइन ब्रेक सिस्टम (D-CBS) आदि प्रमुख छन् । ब्रेक लगाउनु पर्दा यसको ड्युअल कम्बाइन ब्रेक सिस्टमले फ्रन्ट र रियर (अगाडि-पछाडि) चक्कालाई बाइकको स्पीड मुताबिक ब्रेकलाई अटोमेटिक तरिकाले फोर्स गर्छ ।
मूल्य : बाफ रे बाफ ?
यो बाइक गनमेटल ब्ल्याक मेटालिक (ब्ल्याकेड आउट इन्जिन) का साथ उपलब्ध हुन्छ । यो नयाँ गोल्ड विङ टुरको मुल्य भारतमा ३९.२० लाख भारु (एक्स-शोरूम, गुडगाँउ , हरियाणा) छ अर्थात नेपाल ल्याउदा तिर्नुपर्ने भन्सार – कर आदि बाहेक करिब ६४ लाख नेपाली रुपैयाँ ।
प्रतिक्रिया