शुक्रबार, वैशाख २८, २०८१

फुड र्‍याङ्‌किङ : राम्रो खाना, खराब खाना !

नेपालखोज २०७९ वैशाख १२ गते १३:४९

काठमाडौं । अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टनको टफ्ट्स युनिभर्सिटीका शोधकर्ताहरुले एउटा एल्गोरिदम तयार गरेका छन् । जसले गुणका आधारमा खाने कुराहरुको स्कोरिङ गर्छ । यसमा १०० स्कोर ल्याउने सबैभन्दा स्वास्थवर्द्धक खाने कुरा मानिन्छ भने १ अंक सबैभन्दा खराब खानालाई दिइन्छ ।

शोधकर्ताहरुले यसका माध्यमबाट खाने-पिउनेका आठ हजारभन्दा बढी कुराको स्तर निर्धारण गरेका छन् । हेरौं यही र्याकिङबाट केही तथ्य :

सबैभन्दा राम्रो खाना
यो स्तर निर्धारणमा सबैभन्दा बढी स्कोर सागसब्जी, फल तथा गेडागुडीले प्राप्त गरेका छन् । यसमा लगभग सबै ताजा फल १०० को छेउछाउ पुगेको देखिन्छ । विभिन्न तरकारीको औसत स्कोर ६९.१ छ भने फलफूलको औसत स्कोर ७३.९ छ ।

सबैभन्दा खराब स्कोर
यो स्तर निर्धारणमा सबैभन्दा कम स्कोर स्नाक्स तथा मिठाइले पाएका छन् । यिनको औसत स्कोर १६.४ छ । शोधकर्ताहरुका अनुसार ३० भन्दा कम स्कोर ल्याउने खानेकुरा कमभन्दा कम खानुपर्छ ।

औसत खानेकुरा
यो रिसर्चअनुसार ३१ देखि ६९ स्कोर ल्याउने खानेकुरा औसत हुन्छन् । यिनको सेवन पनि कम मात्रामै खानु उपयुक्त हुन्छ । यसमा स्टार्चयुक्त सब्जीको स्कोर ४३.२ छ । अन्डाले ४२.६७ स्कोर पाएक‍ो छ भने समुद्री खानेकुराले ६७ अंक पाएको छ ।

पिउने कुरा
सोडा तथा इनर्जी ड्रिंक्स २७.६ औसत स्कोरका साथ पिउने कुरामा सबैभन्दा खराब स्थितिमा छन् । यता तरकारीहरुको जुसले १०० अंक प्राप्त गरेको छ भने फलफूलको जुसको औसत ६७ अंक छ ।

मासु
गाई-गोरुको मासुको स्कोर सबैभन्दा खराब २४.९ अंकमा छ । समुद्री जीवजन्तुको मासु ६७ स्कोरका साथ सबैभन्दा माथि छ । पोल्ट्री उत्पादन ४२.६७ अंक ल्याउँदै औसत स्थानमा छ ।

प्रतिक्रिया