पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना
नेपालखोज
२०७९ वैशाख १२ गते ६:२९

काठमाडौं । हाल देशमा स्थानीय वायु प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनर चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया