नेपाली सेनाद्वारा कंगाेमा १२ किमि सडक निर्माण

नेपालखोज २०७९ वैशाख १२ गते ८:२६

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माणकार्य वैशाख ७ गते सम्पन्न गरी कंगोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोंगा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अवसरमा सहभागी अधिकारीहरूले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेका थिए ।

द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाको आफ्नो अपरेसनको जिम्मेवारीका अलावा स्थानीय समुदायलक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ । रासस

प्रतिक्रिया