आईपीएलमा मुम्बईको लगातार आठौँ हार
नेपालखोज
२०७९ वैशाख १२ गते ८:४८

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । गयराति भएको खेलमा लेखनऊले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको हो ।
लखनऊको पाँचौं जित हो भने मुम्बईको यो लगातार आठौं हार हो । लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए भने तिलक बर्माले ३८ र केइरन पोलार्डले १९ रन जोडे ।
जितसँगै नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अङ्क जोडेको छ । मुम्बई भने ८ खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया