ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी
नेपालखोज
२०७९ वैशाख १२ गते ९:०९

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५, कमेरोटारमा गए राति भीषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।
मध्यराति सुरु भएको आगलागी जुद्ध वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्र नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।
गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरीलगायत सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड रुपैयाँबराबरको क्षति भएको बताए । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उनले जानकारी दिए । रासस
सम्बन्धित

प्रतिक्रिया