माओवादी केन्द्रको नियमित पत्रकार सम्मेलन
नेपालखोज
२०७९ वैशाख १२ गते ९:४३

काठमाडाैं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को नियमित पत्रकार सम्मेलन हुने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।
पत्रकार भेटघाटमा पार्टीले स्थानीय निर्वाचन सम्बन्धी जानकारी गराउने र पार्टीका आन्तरिक विषयवस्तुहरुमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) ले गत सोमबारबाट हरेक साताको सोमबार नियमित्र पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको बारेमा सञ्चारमाध्यमलाई जानकारी गराउँदै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया