सोमबार, असार ९, २०८२

खुद मुनाफा आर्जनमा मुक्तिनाथको अग्रता कायमै, एकाधबाहेक सबैको नाफा बढ्यो

नेपालखोज २०७९ वैशाख १२ गते १८:३१

काठमाडौं । सञ्चालनमा रहेका १७ विकास बैंकमध्येमा हालसम्म १३ वटाले मात्र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने १३ मध्येमा पनि मुक्तिनाथ विकास बैंकको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ ।

मुक्तिनाथले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब दुई करोड ६ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा एक अर्ब ५६ लाख ३० हजार रुपैयाँ थियो । गरिमा, महालक्ष्मी र ज्योति विकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ७८ करोड ४६ लाख ९० हजार, ७१ करोड ४२ लाख ८५ हजार र ५१ करोड ५७ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने यी बैैंकहरूको यस्तो नाफा क्रमशः ६७ करोड ८२ लाख ७६ हजार, ४० करोड ३६ लाख पाँच हजार र ६० करोड २५ लाख १२ हजार रुपैंयाँ रहेको थियो ।

लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ५१ करोड ६ लाख ५२ हजार, ५० करोड ४५ लाख ३३ हजार र ४८ करोड ४७ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ४२ करोड ३७ लाख ९४ हजार, ५८ करोड ६१ लाख ५६ हजार र ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा क्रमशः ३७ करोड १८ लाख १२ हजार र १० करोड ६० लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः ३५ करोड २५ लाख १३ हजार र १० करोड ७० लाख ७६ हजार रुपैयाँ थियो ।

चालु आवको तेस्रो त्रैमासिक अवधिमा सिन्धु, ग्रिन र कर्पोरेट डेभलपमेन्ट बैंकले भने क्रमशः चार करोड ३३ लाख २६ हजार, ९५ लाख ७५ हजार ७५ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः तीन करोड ५६ लाख ८३ हजार, ७७ लाख ६२ हजार र दुई करोड ६ लाख ४१ हजार रुपैयाँ थियो ।

नारायणी डेभलपमेन्ट बैंकले भने चालु आवको तेस्रो त्रैमासमा २१ लाख नौ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नोक्सानी ५२ लाख ५४ हजार रुपैयाँ रहेको थियो । क्षेत्रीयस्तरको सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकले भने हालसम्म पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कुन विकास बैंकको नाफा कति ? हेर्नुहोस् यस्तो छ अवस्था (रकम रु. हजारमा)

(स्रोत सम्बन्धित बैंकको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया