बिहीबार, वैशाख १३, २०८१

भारतमा गरिबी !

नेपालखोज २०७९ वैशाख १३ गते ९:४१

काठमाडाै‌ । दक्षिण एसियाली मुलुक भारत विकासले फड्को मार्दै गएको देश हो । तर भारतमा जति विकासले फड्को मार्दै गएको छ, उति नै गरिब बस्नेहरूको देश भनेर चिनिने गरेको छ । विश्वकै धनाढ्य बस्ने भारतका विभिन्न राज्यमा गरिब मानिसको बसोबास छ । बिहार, उत्तर प्रदेश, मध्य प्रदेश, मेघालय, असम, छत्तीसगढ, राजस्थान, उडिसा र नागाल्यान्डमा गरिबको संख्या निकै छ ।

१ .सबैभन्दा गरिब बिहार
बिहार भारतको सबैभन्दा गरिब राज्य हो । यहाँ ५१.९१ प्रतिशत मानिस गरिबीक‍ो रेखा मुनि छन जुन नेपालको भन्दा खराब स्थिति हो ।

२ . झारखण्ड
दोस्रो नम्बरको गरिबी झारखण्ड राज्यमा छ जहाँ ४२.१६ प्रतिशत जनसंख्या गरिबीमा बाँच्न बाध्य छ ।

३ . उत्तर प्रदेश
भारतमा सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश का ३७.७९ प्रतिशत मानिस गरिब छन् ।

४ . मध्य प्रदेश
३६.६५ प्रतिशत गरिबका साथ मध्य प्रदेश चौथ‍ो नम्बरमा छ ।

५ . मेघालय
उत्तर पूर्वी राज्य मेघालय पाँचौं स्थानमा छ ।

६ . असम
असममा ३२.६७ प्रतिशत मानिस गरिब छन् ।

७ . छत्तीसगढ
२९.९१ प्रतिशत गरिबका साथ खनिजको यो राज्य सातौं नम्बरमा छ ।

८ . राजस्थान
राजस्थानमा २९.४६ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् ।

९ . उडिशा
उडिशामा एकतिहाइ जनसंख्या ( २९.३५ प्रतिशत) गरिबीमा बाँचिरहेको छ ।

१० . नागाल्यान्ड
उत्तर पूर्वी राज्य नागाल्यान्ड यो सूचीक‍ो दश नम्बरमा छ । जहाँ २५.२३ प्रतिशत मानिस गरिबीक‍ो रेखाभन्दा तल छन् ।

प्रतिक्रिया