स्थानीय र पश्चिम वायुको प्रभाव, पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया