शनिबार, वैशाख १३, २०८२

नेपाल फर्किएका दक्ष कामदारलाई सहयोग गर्ने १२ देशकाे प्रस्ताव

नेपालखोज २०७९ वैशाख १३ गते १०:०६

काठमाडौं । नेपाल फर्किसकेका वैदेशिक कामदारलाई पनि सहयोग गर्न केही देश तत्पर देखिएका छन् । नेपाल आइसकेका युवालाई सहयोग गर्नेमा कोरिया, यूएई र कतारजस्ता देशले सहयोग गर्ने भएका हुन् । सहयोगको प्रस्ताव गर्ने संस्था र देशको संख्या हालसम्म १२ वटा पुगेको जनाइएको छ ।

नेपाल फर्किएका कामदारलाई सहायता गर्ने कार्यक्रम चलाउनका लागि प्रस्ताव गर्नेमा नेपालले द्विपक्षीय श्रम सम्झौता गरेका र नगरेका देश रहेका छन् । यसैरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) जस्ता संस्थाहरू रहेको जनाइएको छ ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकलाई थप दक्ष बनाउन नेपाल सरकार र वैदेशिक रोजगार दिने देशबीच सहमतिको सम्भावना बढेको छ । नेपालमै रोजगारीको अवसर सिर्जना गर्न वा स्वरोजगार बनाउन विदेशमा काम गरेर आएका कतिपय गन्तव्य देश तथा अन्तर्राष्ट्रिय संस्थाले सहायता गर्ने इच्छा देखाएको श्रम मन्त्रालयले जनाएको छ ।

रोजगार दिने विभिन्न देशले नै राखेको प्रस्तावलाई कार्यान्वयनका लागि सहजीकरण गर्न कानुन मन्त्रालयको राय लिइने भएको छ । यो काम अघि बढाउन एउटा निर्देशिका समेत अघि बढाइएको श्रम मन्त्रालयले जनाएको छ । निर्देशिका चाँडै मन्त्रिपरिषद्बाट पारित हुने बुझिएको छ । ‍-बीबीसी

प्रतिक्रिया