संसारकै सबैभन्दा वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा मृत्यु
नेपालखोज
२०७९ वैशाख १३ गते १०:४०

काठमाडाैं । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ । काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन् । जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो । उनको विवाह १०० वर्षअघि भएको थियो । उनका चार सन्तान थिए ।
केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन् । उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो । उनको मृत्यु भएपछि फ्रान्सकी एक इसाई संन्यासिनी सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन् । उनी अहिले ११८ वर्षकी भइन् ।
उनको जन्म भएको वर्ष संयुक्त राज्य अमेरिकामा थिओडोर रूजभेल्ट राष्ट्रपति थिए भने एड्वर्ड सप्तम ब्रिटिश राजगद्दीमा थिए । राइट बन्धुहरूले त्यही वर्ष विमानको उडान गरेका थिए अनि टूर डे फ्रान्स आरम्भ भएको थियो । बीबीसी
सम्बन्धित
प्रतिक्रिया