पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख १३ गते १५:४२

काठमाडाैं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरु दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले समेत न्यौपानेलाई पार्टीमा स्वागत गरे । राप्रपाले चुनावी अभियानलाई आक्रमक बनाउने पनि छलफल गरेको छ । अनाैपचारिक भएको छफलमा राप्रपाले उम्मेदवारी दिएका अत्याधिक स्थानमा जित हासिल गर्न केन्द्रबाट नै नेताहरु खट्दै छन् ।

राप्रपाले कसम खुवाएरमात्र टिकट दिने बताउँदै आएको थियो । उम्मेदवारहरुलाई जित हासिल भए पछि निस्वार्थरुपमा जनताको सेवा गर्न समेत पार्टी नेतृत्वले आग्रह गर्दै आएको छ । राप्रपाले भ्रस्टचार गर्ने जुनसुकै पार्टीका भए पनि कडा कारबाही गरिने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया