सोमबार, असार ९, २०८२

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ वैशाख १३ गते १७:५४

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ जेठ तीन गतेदेखि बिसं २०८० जेठ दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ६० करोड पाँच लाख, बिकास बैंकहरुको लागि ३० करोड र फाईनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २० गते अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् । यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको लगायतका शर्तहरु तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया