लाकुरीभञ्ज्याङमा मनमोहन संग्रहालय बन्दै
नेपालखोज
२०७९ वैशाख १३ गते २१:०५

काठमाडाैं । दिवंगत नेता पूर्व प्रधानमन्त्री मनमोहन अधिकारिको आज स्मृति दिवस हो । यस अवसरमा दिवंगत अधिकारिप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरिएको छ ।
ललितपुरमा रहेको महालक्ष्मी नगरपालिका लाकुरिभञ्ज्याङमा मनमोहन संग्रहालय तथा भ्युटावर निर्माण भइहेको छ । यहाँ एउटा ऐतिहासिक स्थल बन्दैछ । यसको नजिकै ऐतिहासिक श्रृंगीऋषीको आश्रम तथा गुफा छ जहाँ प्रार्थना ,जप आदि गर्न सकिन्छ । श्रृंगऋषी तथा मनमोहन अधिकारीको स्मरण गराउने यो ऐतिहासिक स्थलको बिस्तृत अध्ययन तथा कार्यक्रम अगाडि बढाउँदै लग्ने बताइएको छ ।


सम्बन्धित

प्रतिक्रिया