मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन् ।
उनले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेटमार्फत गर्न सक्नु पर्ने बताए । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताए । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही वस्तुको आयात प्रतिबन्ध गरेको तर आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताए ।
उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेको बताए । कुनै पनि उद्योगहरु उत्पादनशिल र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुने बताए ।
उनले अब सरकारले लिने भ्याटको दर घटाउनु पर्ने बताए । जनयुद्ध बेला राजश्व बढाउनु पर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनु पर्ने माग राखे । उपाध्यक्ष श्रेष्ठले राज्यले उद्योगलाई प्रोत्साहन दिनुपर्छ भन्ने कुरा प्रत्येक पटक भनिए पनि गाउँ खाने कथा जस्तो भएको तर प्रोत्साहन नदिएको बताए ।

प्रतिक्रिया