‘सत्य र सिद्धान्तका लागि लड्न छाड्नु हुँदैन’

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे लेख्छन् –
सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा उम्मेदवार बन्नु हुने सबै साथीहरूलाई शुभकामना छ !!
प्रतिक्रियाहरु :
हुन्न । सत्य र सिद्धान्तका लागि लड्न छोड्नु हुँदैन ।
इन्द्रबहादुर क्षेत्री
किन यति सारो हरेस खाएको । अब संघीय सांसद बन्नुपर्छ ।
केदार गौतम
इमान्दार र दृष्टिकोणले भरिपूर्ण ब्यक्तिहरू क्रमशः पाखा लाग्ने क्रम छ सबैतिर ।
नन्दलाल भण्डारी
हुँदैन, अत्याचार विरुद्ध कसले लड्ने ?
रामेश्वर बस्नेत
म पनि छोड्दै छु ।
उत्तम पौडेल
राजनितीको घिनमर्दो तिकडम, अराजनैतिक होडबाजी, राजनैतिक कालोबजारी अनि निर्मम र निर्दयीताको पराकाष्ठाले आफ्नै मन र पनको दया लाग्न थालेको छ ।
दिनेश राई
हतारमा निर्णय नगर्नुस् ।
धमेन्द्र झा
जहिले पनि राजनीतिमा केही गर्छु भन्ने भिजन लिएर आएको मान्छेहरुले केही गर्न सक्दिन राजनीति बेकार रहेछ भन्ने अवस्थामा पुग्छन् अनि निरासाको बादल देखिन्छ।
दिल कटुवाल
राम्रा मान्छेलाई राजनिति गर्न गाह्रो रैछ ।
केशवराज घिमिरे
सिँगो काँग्रेस र नेपाली जनताले आशा गरेका आदरणीय नेता गुरुराज घिमिरे दाईको सक्रिय राजनीतिमा निर्णायक र जवरजस्त उपस्थिति हुनुपर्छ । बिदा लिने कुरा सोच्नै सकिँदैन ।पार्टी भित्रको अन्याय र अत्याचार विरुद्ध संघर्ष जारी राख्दै पार्टीको सुधारमा लाग्नु पर्नेछ । दाइ जस्तो व्यक्तिबाट यस्तो कुरा आउनु पार्टी गम्भीर संकटतिर जादैछ भन्ने बुझिन्छ । गुरु घिमिरे कसै व्यक्तिको लागि भन्दा मुलुकको लागि आवश्यक व्यक्तित्व हुन् ।
भुवन भट्ट
दुखद हुनेछ, सोच्न त म पनि सोच्दैछु।
युवराज बस्ताकोटी
हतारिन हुँदैन होला ।
विनोद केसी
आजको राजनीति हामीले उकास्न नसक्नेगरि विकृत छ ।
धर्मेन्द्र नेवाङ
हजुरले नै यसो भनेपछि हामी कसरी चित्त बुझाउनु !
गोमा नेपाल
देशको लागि केही गर्नसक्ने क्षमतावान व्यक्तिले कुनै अवसर नै नपाउँदा दु:ख लाग्नु स्वभाविक हो । अब जति नै त्याग र निष्ठाको राजनीति गरेपनि मुल्यांकन हुँदैन भने निर्णय सही छ ।
सरस्वती खनाल
निर्णय गर्नु भन्दा केही समय अघि सानो छलफल गर्नुस् । सहभागी त्यहाँ कोही ६० कटेका हुन्, कोही ४० कटेका हुन्, कोही २५ कटेका हुन् । गरून् राजनिती टिके, मुन्द्रे, तल्वे,डन, ठेकेदार , भ्रस्टाचारी, नैतिक पतन भएकाहरु, कालाबजारीहरु, ज्युहजुरिया गर्नेहरुले ।
स्वभिमानी र नैतिकवान मानिसले राजनीति गर्न नसक्ने नै भइसकेको छ ।
यशोधा कार्की
दाजुले नि यसो भनिरहदा अरू कार्यकर्ता को हालत के होला ?
महिपाल घिमिरे
तपाईंले त्यस्तो निर्णय लिने ? हतार नगर्नु ।
सीता अर्याल
अझै बेला भएको छैन ।
भरतराज पौडेल
निर्मम र दुखद हुनेछ । निस्ठा र समर्पणको अवसान हुनेछ । किनकि दाइजस्तो मान्छे कांग्रेसलाई होइन यो देशलाई चाहिएको छ ।
दिव्यराज पोखरेल

प्रतिक्रिया