सरकारद्वारा १० प्रकारका विलासी सामानमा प्रतिबन्ध, टेलिभिजनदेखि मोटरसाइकलसम्म पर्‍याे

नेपालखोज २०७९ वैशाख १४ गते ८:३९

Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडाैं । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । सरकारले १० प्रकारका विलासी सामानहरु नेपाल भित्र्याउन रोक लगाएको हाे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो । 

सरकारले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु तथा खेल्ने तासमा प्रतिबन्ध लगाएकाे हाे । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागु नहुने जनाएको छ ।

प्रतिक्रिया