पत्रकार सम्मेलन गर्दै महामन्त्री थापा, अध्यक्ष ओलीको भनाइको जवाफ दिने

नेपालखोज २०७९ वैशाख १४ गते ९:५७

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको दस्ताबेजलाई पागलहरुको प्रलाप भनेको विषयमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेपाली कांग्रेसको निर्वाचन घोषणापत्रका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीको भनाइको जवाफ दिने भएका छन् ।

अध्यक्ष ओलीले मंगलबार मनमहोन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको निर्वाचन घोषणापत्रमा गालीबाहेक केही नभएको र पागलहरुको प्रलाप भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया