आगलागीबाट दुई घर जलेर नष्ट
नेपालखोज
२०७९ वैशाख १४ गते १०:०१

काठमाडाैं । ताप्ली गाउँपालिका-१ पिपलभञ्ज्याङमा मंगलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टंक हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।
टंकको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली-१ का दिलबहादुर राईले जानकारी दिए ।
प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
सम्बन्धित

प्रतिक्रिया