कुन विकास बैंकमा कति प्रतिशत कर्जा खराब छ ? हेर्नुहोस् यस्तो छ अवस्था
कर्पोरेट डेभलपमेन्टमा झन्डै चार प्रतिशत कर्जा निष्क्रिय हुँदा मुक्तिनाथमा शून्य दशमलव १७ मात्र

काठमाडौं । विकास बैंकहरूमध्येमा सबैभन्दा बढी निष्क्रिय कर्जा कर्पोरेट डेभलपेन्ट बैंकमा देखिएको छ । क्षेत्रीय तथा राष्ट्रिस्तरका समेत गरी हाल १७ विकास बैंक सञ्चालनमा रहेकामा हालसम्म १३ वटाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा सबैभन्दा बढी निष्क्रिय कर्जा क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंकमा देखिएको हो ।
कर्पोरेटमा चालु आवको तेस्रो त्रैमासमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बैंकमा यस्तो कर्जा चार दशमलव ५३ प्रतिशत थियो । विकास बैंकहरूमध्येमा सबैभन्दा कम निष्क्रिय कर्जा भने मुक्तिनाथ विकास बैंकमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासमा मुक्तिनाथमा शून्य दशमलव १७ प्रतिशत कर्जा मात्र निष्क्रिय छ । गत आवको सोही अवधिमा मुक्तिनाथमा यस्तो कर्जाको अनुपात शून्य दशमलव २१ प्रतिशत थियो ।
महालक्ष्मी विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकहरूमा भने चालु आवको पछिल्लो अवधिमा निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव ८९, दुई दशमलव ८६ र दुई दशमलव २० प्रतिशत छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ४४, २५ दशमलव ९० र एक प्रतिशत थियो ।
ग्रिन, सांग्रिला र ज्योति विकास बैंकमा भने पछिल्लो अवधिमा क्रमशः दुई दशमलव शून्य पाँच, एक दशमलव २० र एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ६५, एक दशमलव ८९ र शून्य दशमलव ५८ प्रतिशत थियो ।
यसैगरी साइन रेसुंगा, लुम्बिनी र सिन्धु विकास बैंकहरूमा भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक दशमलव २४, एक दशमलव ६९ र एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव १६, एक दशलव ८६ र एक दशमलव ६३ प्रतिशत थियो ।
मितेरी र गरिमा विकास बैंकमा भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक दशमलव ४० र एक दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ३१ र शून्य दशमलव ५८ प्रतिशत थियो । यीबाहेकका एक्सेल, सहारा, सप्तकोसी र कर्णाली डेभलपमेन्ट बैंकहरूले भने हालसम्म पनि चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् ।
कुन विकास बैंकमा कति प्रतिशत कर्जा खराब छ ? हेर्नुहोस् यस्तो छ अवस्था
प्रतिक्रिया