महानिरीक्षक पदमा पदोन्नती भएका अर्याललाई दर्ज्यानी चिह्न प्रदान

नेपालखोज २०७९ वैशाख १४ गते १८:०३

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को १३ गतेको निर्णयले उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती गरेको हो ।

महानिरीक्षक केसीले समारोहमा सम्बोधनको क्रममा पदोन्नती भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई बधाई दिँदै उनले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा सृजनशिल, चेतनशिल रहँदै सकारात्मक सोचका साथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताए ।

उनले पदोन्नती वृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले निःस्वार्थ भावनाका साथ फौजी संकार र पद्धतीको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरुलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशिल रहन आग्रह गरे ।

साथै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपत् उद्वारलगायतका सांगठनिक जिम्मेवारीहरुमा खरोरुपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिए ।

प्रतिक्रिया