फेरि नेपालमा लोडसेडिङ सुरु, रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै विद्युतको संकट

काठमाडौं । देशमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यतालिका बनाएर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्ने भएको हो ।
भारतबाट माग बमोजिम आपूर्ति नभएपछि नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूमा बिजुली कटौती गर्न थालेको छ । बुधवारदेखि प्राधिकरणले पूर्व जानकारी दिएरै बिजुली काट्ने भएको हो । कार्यतालिका बनाएर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गर्न लागेको हो । घरायसी प्रायोजनका लागि चल्ने विद्युत भने नियमित आपूर्ति हुने जनाइएको छ ।
सुख्खायामका कारण नदीहरुको बहाव कम भई विद्युत आपूर्ति पिक समयमा पर्याप्त हुन सकेको छैन । भारतबाट आयात गर्ने विद्युत पनि निकै महंगो पर्ने लगायतकाले औद्योगिक क्षेत्रमा लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न लागेको प्राधिकरणले जनाएको छ । देशमा ३ सय मेगावाट विजुली अपुग रहेको छ । भारतबाट आयात गर्ने विद्युतको मूल्य चर्को छ । कोइराला र र्थमल प्लान्टमा प्रयोग हुने डिजेलबाट उत्पादन हुने विद्युत निकै महंगो छ ।
रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै विद्युतको संकट पैदा भएपछि भारतले एक महिनादेखि भारतले नेपाललाई मागबमोजिम बिजुली दिएको छैन । पछिल्लो दुई दिन प्राधिकरणले बाध्य भएर रातको समयमा उद्योगको बिजुली कटौती गर्न थालेको प्राधिकरणले जनाएको छ । ५ सय मेगावाटका लागि बिड गर्दा ७० देखि १०० मेगावाट मात्रै पाएको प्राधिकरणले जनाएको छ । भारतकै थुप्रै राज्यहरूमा विद्युत् अभावले १४-१५ घण्टा लोडसेडिङ हुन थालेकोसमेत प्राधिकरणले जानकारी दिएको छ ।
नेपाललाई अहिले ३ सय मेगावाट बिजुली अपुग रहेको बताइएको छ । अहिलेको समस्या बढीमा एक महिना मात्रै रहने प्राधिकरणले स्पष्ट पारेको छ । पछिल्ला दिनमा विहारबाट दिउँसो साढे दुई सय मेगावाट जति बिजुली नेपाललाई बेचिरहेको थियो । मंगलबारबाट विहारले पनि बेच्न छोडेपछि प्राधिकरण समस्यामा परेको हो ।
प्राधिकरणले अहिले उद्योगहरूलाई दिउँसो आलोपालो बिजुली दिन थालेको छ । राति कति यति नै घण्टा काटिने भन्ने छैन । हरेक दिन भारतबाट खरिद हुने परिमाण निश्चित भएसँगै प्राधिकरणले सूचना निकालेर कति घण्टा बिजुली काटिन्छ भनेर उद्योगहरूलाई पूर्वा जानकारी गराउने भएको छ ।
नेपालले अहिले १२ आइसीमा भारतबाट बिजुली किनिरहेको छ । यो प्रचलित भाउभन्दा दोब्बर हो । १२ आइसीमा बिजुली किनेर बेच्दा प्राधिकरणलाई दैनिक करोडौँ नोक्सानी भइरहेको छ ।

प्रतिक्रिया