आईपीएलमा गुजरातको सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक जित
नेपालखोज
२०७९ वैशाख १५ गते ६:५१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात टाइटन्सले सातौं जित दर्ता गरेको छ । गयराति भएको खेलमा टाइटनन्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
हैदरावादले दिएको १९६ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
जीतपछि गुजरातले ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा रहँदा हैदराबाद भने १० अंकका साथ तेस्रो स्थानमा छ ।
सम्बन्धित







प्रतिक्रिया