शुक्रबार, चैत १६, २०८०

उद्धार गरिएका दुई चिम्पान्जी सदर चिडियाखानामा !

नेपालखोज २०७९ वैशाख १५ गते १०:२९
No description available.

काठमाडौं । झन्डै पाँच वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अत्यन्त दयनीय अवस्थामा उद्धार गरिएका दुई चिम्पान्जीलाई सदर चिडियाखानामा सुविधासम्पन्न नयाँ घरमा सारिएको छ ।

मध्यअफ्रिकी मुलुक नाइजिरियाबाट टर्की हुँदै तस्करले ती चिम्पान्जीलाई नेपाल ल्याएका थिए । नेपाल सरकारले चिम्पू र चम्पा नामका ती चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउन पहल गरे पनि आवश्यक प्रमाण नपुगेका कारण यहीँ राख्नु परेको बताएको छ ।

चिडियाखाना झन्डै ८२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको घरमा प्रदर्शनीमा राखिएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले खुसी व्यक्त गरेका छन् । -बीबीसी

प्रतिक्रिया