बुधबार, जेठ १, २०८२

आईपीएल : दिल्ली र कोलकत्ता अ‍ाज प्रतिस्पर्धा गर्दै

नेपालखोज २०७९ वैशाख १५ गते ११:२४

दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहीबार) दिल्ली चौथो जितको खोजीमा हुने भएको छ । दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स बीच बेलुका पौने आठ बजे खेल हुनेछ ।

खेल मुम्बइस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दिल्ली अंक तालिकामा सात खेलमा ६ अंक जोडेर सातौँ स्थानमा रहेको छ । कोलकत्ता आठ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

बुधबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै गुजरात टाइटन्स शीर्ष स्थानमा पुगेको छ ।टाइटनन्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । हैदरावादले दिएको १९६ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रतिक्रिया