आइतबार, वैशाख २८, २०८२

गर्भवतीलाई करणी गरी फरार सागर शाही पक्राउ

नेपालखोज २०७९ वैशाख १५ गते १३:४२

काठमाडौं । गर्भवतीलाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा एक जनालाई प्रक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगा बस्ने ३५ वर्षीय सागर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवतीलाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया