राप्रपा नेपालका उपाध्यक्ष पौडेलले पार्टी छाडे, कमल थापाबाट टाढिएँ

काठमाडाैं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् ।
पौडेल उपाध्यक्षसहित आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए।
राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेको बुझिएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्य लिएर उठ्ने भएको छ । सो विषयमा पौडेलले असहमति जनाएका थिए ।
पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए । उनी राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए ।


प्रतिक्रिया