गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक : प्रचण्ड

नेपालखोज २०७९ वैशाख १५ गते १९:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागि पर्ने बताएका छन् ।

आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् ।

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रीत गर्न सकिने भन्दै उनले यसको निम्ति आफुले ध्यान केन्द्रीत गर्ने बताए । उनले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रीत गराउने उल्लेख गरे ।

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको बताए । गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनको भनाई छ । यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रचण्डले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तिनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैभरी भुमिका खेल्ने उनले बताए ।

प्रतिक्रिया