सन्तोष साहलाई सद्भावना दूत नियुक्त गर्दै पर्यटन मन्त्रालय

नेपालखोज २०७९ वैशाख १६ गते १०:०८

काठमाडाैं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सद्भावना दूतमा नियुक्ति गर्ने भएको हो ।

सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई विश्वमाझ चिनाउँदै आएका छन् । लण्डनमा भएको बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरु पस्किएर निर्णायक मण्डलीहरुको मन जितेका थिए ।

प्रतिक्रिया