बिहीबार, जेठ ३, २०८१

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ वैशाख १६ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला १२ सय रूपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि १२ सय रूपैयाँले बढेकाे छ । आज तेजावी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज स्थिर रहेकाे छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय ४० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया