सोमबार, असार १६, २०८२

थपिए १४ संक्रमित, १९ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख १६ गते १७:०६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट १७७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १३ जना र ९९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा २४३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, चौबीस घण्टाममा थप १९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीस घण्टाममा देशभरबाट थप २ लाख ९ हजार ५६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया