सर्वोच्चले गर्‍यो गभर्नरको पक्षमा फैसला, काम गर्ने बाटो खुल्यो

नेपालखोज २०७९ वैशाख १६ गते १९:०३

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । आज सर्वोच्चले गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भन्ने वैशाख ६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । तीन दिनदेखिको निरन्तर सुनुवाइ पछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

अब सर्वोच्च अदालतले नियमितरूपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउने भएका छन् ।

प्रतिक्रिया