बिहीबार, वैशाख २०, २०८१

ललितपुर महानगरमा घरदैलो अभियान सुरू (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख १६ गते २०:१५

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले आजबाट घरदैलो अभियानमा सुरु गरेका छन् । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो सुरु गरेका हुन् । अन्य दलले घरदैलौ कार्यक्रम सुरु नगर्दै एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो सुरु गरेका छन् ।

‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट कार्यकर्ताले घरदैलोमा मत माग्न थालेका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहेकाले विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान सुरु गरिएको मेयर पदका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए ।

कला र संस्कृतिले भरिपूर्ण सो महानगरपालिकामा विभिन्न सम्भावना खोजी गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्यसमेत आफूहरुले बोकेको उनको धारणा थियो । यसैगरी उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य (आस्था)ले महानगरवासीको हक अधिकार सुचिनिश्त गर्न आफूले आसन्न निर्वाचनमा सहभागिता दाबी गरिन् ।

यस पटक महानगरवासीले एमाले नै चाहेको हुँदा आफूहरुले राम्रो मतपरिणामको अपेच्छासमेत गरिरहेको शाक्यले बताइन् । सो घरदैलो अभियान आज च्यासलका घर तथा टोलबाट सुरु गरी थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागितामा अघि बढाइएको थियो ।

प्रतिक्रिया