आइतबार, जेठ ६, २०८१

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ

नेपालखोज २०८० पुष २० गते १५:१९

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्रामसहित सोही उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिनगरबाट प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका–२ बाबास्थान बस्ने २७ वर्षीय अनिल मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे.११ प ९५१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

जुम्लाको चन्दनाथ नगरपालिका–५ बस्ने ३२ वर्षीय हिमाल कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया