रक्तदाता प्रेमसागरकाे पनि काठमाडौंको मेयरमा उम्मेद्वारी
नेपालखोज
२०७९ वैशाख १७ गते ९:५५

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका छन् । रक्तदाता समाजका केन्द्रिय अध्यक्षसमेत रहेका प्रेमसागर कर्माचार्यले उन्नत नेपाल पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले उम्मेद्वारी घोषणा गर्नु अघि मौन बसेको नेकपा एमालेले कांग्रेसबाट सिर्जना सिंहलाई उम्मेदवारी दिए लगतै महानगरका पूर्व मेयरसमेत रहेका प्रदेश सांसद केशव स्थापितको नाम सिफारिस छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा दलबाट टिकट नपाएका र स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारी दर्ता गराउँदा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार ५६ जना पुगेका छन् ।
सम्बन्धित

प्रतिक्रिया