आइतबार, वैशाख २८, २०८२

१६ लाख रुपैयाँ नगदसहित दुई व्यक्ति पक्राउ

नेपालखोज २०७९ वैशाख १७ गते १३:०४

काठमाडौ । प्ररहरीले श्रोत नखुलेको १६ लाख रुपैंयाँ नगद सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख १७ गते काठमाडौं महानगरपालिका वडा नं- १६ माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालीका वड नं. ११ घर भई हाल जिल्ला तनहुँ बन्दिपुर बस्ने ३१ वर्षको दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षको सागर जादवको रहेका छन् । श्रोत नखुलेको नगद १६ लाख रुपैंयाँ फेला पारेपछि नियन्त्रणमा लिईएको जानकारी परिसरले दिएको छ । घटनाको सम्बन्धमा प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको जानकारी पनि प्रहरीले दिएको छ ।

प्रतिक्रिया