शनिबार, जेठ ५, २०८१

विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह

नेपालखोज २०७९ वैशाख १७ गते २०:२२

काठमाडौं । विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।

मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक बिना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुुगेको भन्दै महासंघले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको जनाएको छ ।

चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको छ ।

‘लामो समय विद्युत् कटौती, ट्रिप्लिङ, लो भोल्टेजलगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानीलगायतमा गम्भीर समस्या पर्न गएको तर्फ महासंघ सरकार र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउँछ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया