‘समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सबैलाई उत्प्रेरित गर्नेछ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सबैलाई उत्प्रेरित गर्ने बताएका छन् ।
उनले आज अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सबैलाई उत्प्रेरित गर्ने बताएका हुन् ।
‘कोरोना खोप लगाउन शुरू भएपछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सर्न्दभमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको छ ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै उनले रोजगारदाता र ट्रेड यूनियन बीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्दै आएकाे बताएका छन् । उनले कोरोना महामारीको संक्रमण पछि उद्योग व्यवसाय संचालनमा ठूलो प्रभाव परेको पनि बताएका छन् ।

प्रतिक्रिया