नेपाल र जिम्बावेबीचकाे पहिलो टी-ट्वाटी आज
नेपालखोज
२०७९ वैशाख १८ गते ९:३७

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट जिम्बाबे ‘ए’सँग टी-ट्वाटी सिरिज खेल्दैछ । तीन टी-ट्वाटी सिरिज आज दिउँसो १ बजेबाट त्रिधूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
शनिबारबाट जिम्बाबे ‘ए’सँग तीन एकदीवसीय सिरिज सुरु गर्ने तालिका रहेपनि वर्षाका कारण खेल प्रभावित बनेपछि टी-ट्वाटी सिरिजलाई पहिला खेलाइने भएको हो । जिम्बाबे ‘ए’सँग अब पहिलो चरणमा तीन टी-ट्वाटी खेल हुनेछन् भने दोस्रो चरणमा तीन एकदिवसीय खेल हुनेछ ।
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग ‘टू’ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका रुपमा जिम्बाबे ‘ए’सँग खेल्न लागेको हो । पाहुना टोलीसँग नेपालले दोस्रो खेल सामेबार र तेस्रो खेल बुधबार खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया