आइतबार, पुष ६, २०८२

दुर्घटनामा ८ बालबलिकाको ज्यान गयो

नेपालखोज २०७९ वैशाख १८ गते १२:२५

कायरो । यहाँ शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ ।

इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया