नेपालले दियो जिम्बावे ‘ए’ लाई १८२ रनको लक्ष्य

काठमाडौं । पहिलो टी-ट्वान्टीमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ ।
नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४६ रन जोडे । रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।
आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए। करण केसी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १/१ विकेट लिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग ‘टु’ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ। टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया