मंगलबार, असोज १, २०८१

राष्ट्र बैंकद्वारा पुनः १९ अर्ब १० करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७९ वैशाख १८ गते १६:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने वैशाख २० गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार बिक्री हुने यी ट्रेजरीहरूको परिवक्व हुने अवधि भने क्रमशः २०७९ जेठ १७ गते, २०७९ साउन १७ गते, २०७९ कात्तिक १५ गते र २०८० वैशाख १९ गते तोकिएको छ । बिक्री हुने कुल ट्रेजरीमध्येमा १५ अर्ब रुपैयाँबराबरको नयाँ र बाँकी अर्थात् चार अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यसअघि यही यही वैशाख १२ गते पनि राष्ट्र बैंकले १८ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया