शनिबार, जेठ ५, २०८१

पठाओ वार्षिक सम्मान : उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई अवार्ड

नेपालखोज २०७९ वैशाख १८ गते १६:२३

काठमाडौं । पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।

कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागु हुने गरी एक लाखबराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ । पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरूलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए ।

कार्यक्रममा आफ्नो सुरक्षित र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दीपाश्रीले बताइन् । नेपालमा परिवारसँगै बसेर केही गरौं भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दीपकराजले बताए । पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौंका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरूलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोसिस गरे समाज उत्कृष्ट हुने धारणा राख्छन् ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो । ९ अगस्त २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरु गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटेल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सञ्चालनमा ल्याएको छ ।

अवार्ड विजेताहरू
सर्वोत्कृष्ट विधा
१. द स्टार राइडर : खुसीराम थारू
२. द स्टार क्याप्टेन : सोमनाथ गिरी
३. बेस्ट पफर्मिङ फुडम्यान : सागर राई

फरक क्षमताका राइडर (चार पांग्रे स्कुटर) विधा :
मस्ट इम्पावर्ड राइडर : पुनम मिश्र र सोमनाथ राई

परोपकार विधा :
द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माध्यममार्फत सामाजिक सेवासमेत गर्ने) : रोनिश खड्की, कृष्णबहादुर तामाङ, रोयतबहादुर रोका

बाइक राइडर विधा :
१. द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ वर्ष) : सन्जीव श्रेष्ठ
२. द टायरलेस राइडर (सबैभन्दा धेरै राइड लिने, ५५०० राइड) : मुकुन्दराज थापा
३. युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८): सुदर्शनमणि डंगोल
४. द डेडिकेटेड राइडर (आफूलाई आएकामध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७ प्रतिशत) : तीर्थबहादुर विष्ट
५. द भेट्रान राइडर (सबैभन्दा लामो समयदेखि राइड लिइरहेको, ४ वर्ष) : दिलीप लामा
६. द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) : कपिलदीप न्यौपाने
७. द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको, ३५० दिन) : कौशलकुमार जोशी
८. द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ वर्ष) : आश्मान राई
९. द इन्फ्लुएन्सर (बेस्ट फिमेल) राइडर : लक्ष्मी श्रेष्ठ

क्याप्टेन (ट्याक्सी चालक) विधा :
१. द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ वर्ष) : राजेश थापा
२. द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड) : कमल श्रेष्ठ
३. युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५) : प्रशान्त थापा
४. द डेडिकेटेड क्याप्टेन (आफूलाई आएकामध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९० प्रतिशत) दीपक घलान
५. द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समयदेखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवातदेखि नै) : फरिनबहादुर क्याप्छाकी
६. द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) : रामानन्द चौधरी
७. द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन) : पवन ढुंगेल
८. द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ वर्ष): कृष्ण लामा
९. द इन्लुएन्सर (बेस्ट फिमेल) क्याप्टेन विद्याकुमारी लामा

फुडम्यान विधा :
१. बेस्ट पफर्मिङ फुडम्यान इनहाउस : धनेन्द्र हंसरुम्बा
२. बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी) : अनिशकुमार थापा
३. द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८) : टीकाबहादुर कुँवर
४. द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी) : छत्रबहादुर बस्नेत
५. द डेडिकेटेड फुडम्यान (आफूलाई आएकामध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५ प्रतिशत) विशाल श्रेष्ठ
६. द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन) : दिलेन क्षेत्री
७. द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन) : राजकुमार दाहाल
८. द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन) : शेषकान्त सुवेदी
९. द इन्फ्लुएन्सर (बेस्ट फिमेल) : फुडम्यान वन्दना राई

प्रतिक्रिया