मंगलबार, जेठ १, २०८१

‘सुपर डान्सर नेपाल’ को पार्टनरमा डिशहोम फाइबरनेट

नेपालखोज २०७९ साउन २४ गते १६:४२

काठमाडौं । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइबरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइबरनेटै रहेको छ ।

‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टीभी रियालिटी शो हो । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्यातिप्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभर विभिन्न सहरहरू काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगन्जलगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरूको प्रतिभासमेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसनसमेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सनविक्रम राई र नृत्यांगाना कविता नेपाली रहनेछन् । हरेक साता बिहीबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टीभी एचडीमा साउन २६ गते राति ९ बजेदेखि प्रसारणमा आउँदै छ ।

प्रतिक्रिया