नेपाल जिम्बावेसँग ६ विकेटले पराजित

काठमाडाैं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।
नेपालले पहिलो विकेट २७ रन हुँदा गुमाएको थियो । ओपनर आशिफ शेख व्यक्तिगत ९ रनमा गुमाएको हो । त्यस्तै दोस्रो विकेट टिमको स्कोर ८४ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल ४६ रनमा आउट भएका थिए । ३१ बल खेलेका कुशलले ८ चौका प्रहार गरेका थिए । स्कोर बोर्डमा १२३ रन जोड्दा रोहित पौडेल ३६ रन बनाउँदै आउट भएका थिए । दिपेन्द्र २८ रनमा रनआउट भएका थिए । त्यस्तै आरिफ दुई रन बनाएर पविलियन फर्किए । मोहम्मद अदिल अन्सारी ४७ रनमा तथा करण केसी ४ रनमा अविजित रहे ।
जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए । जवाफमा जिम्बावे ए टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो ।
जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए भने कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।

प्रतिक्रिया