सातवटै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकोछ प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदलि रहनेछ भने प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।
प्रतिक्रिया